Listen LIVE

सिञ्जामा नेपालको नक्शा बन्दैछ पर्यटकीय गन्तब्य

जुम्ला : सिञ्जा गाउँपालिकामा टुंगाबाट मानवनिर्मित नेपालको बृहत नक्शा पर्यटकीय गन्तब्य बन्न थालेको छ । सिञ्जा गाउँपालिकाले त्यहाँको राइके डाँडामा संघीय सरकारको सहयोगमा निर्माण सम्पन्न भएको टुंगाको पर्खालद्वारा बनाइएको उक्त नक्शामा अहिले फोटो र भिडियो खिच्ने आन्तरिक पर्यटकहरु बढेका छन् । 

सिञ्जा गाउँपालिका वडा ३ राइके डाँडामा रहेको उक्त बृहत नक्शाको दैनिक दर्जनौ मानिहहरु अहिले भिडियो खिच्ने, तस्बिर लिने र टिकटक बनाउनेको भिड बढिरहेका हुन् । 

दशैंको समयमा त मानिसहरु झन नक्शाको फोटो लिनेको भिड बढेको छ । यति मात्रै होइन, सुन्दर राइकेडाँडामा तस्बिर खिच्ने स्थान पनि परिचित भएको छ । डाँडाको नक्शा कैद गर्न नाग्म गमगडि राजमार्गमा रहेको सिञ्जा गाउँपालिका २ स्थित अवस्थिबाडा गाउँबाट सिन लिने गरिएको छ । 

पर्दामा प्रष्ट नेपालको नक्शा देखिने भएपछि मानिसहरु अहिले टाढा टाढाबाट अबस्थिबाडा पुगेर भिडियो कन्टेन्ट, फोटो र टिकटक बनाउने गरेका छन् । जुम्ला सदरमुकामबाट मानिसहरु त्यस स्थानमा जन्मदिन मनाउने र सिन देखाउने गरिरहेका छन् । 

सिञ्जा र रारा अवलोकन गर्ने जिल्ला वाहिरका मानिहरु समेत नेपालको नक्शाको सिनलिन एक पटक त्यस ठाउँमा उभिएर तस्बिर भिडियो कन्टेन्ट तथा फोटो लिइरहेका स्थानीय बताउँछन् । 

स्थानीय तथा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडले नक्शाले यस क्षेत्रमा अहिले पर्यटकहरु रोकेर भिडियो तथा फोटो खिच्ने गरिरहेको जानकारी दिए । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो डाडाँलाई सदुपयोग गर्ने उद्देश्यका साथ आफ्नो नीति कार्यक्रममा डिपिआर बनाएर बजेट माग गरिएको थियो ।

प्रतिक्रिया