Listen LIVE

चितुवाको आक्रमणबाट बर्दियामा दुईजना घाइते

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका–६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू रहेका छन् । 

मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाटोमा हिँडिरहेको समयमा सडक किनारमा रहेको जनजागृति सामूदायिक वनबाट आएको चितुवाले आक्रमण गरेको हो । 

घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए । बारबर्दिया नगरपालिका–६, मनिकापुरमा बिहीबार बिहान करिब साढे ७ बजे चितुवाको आक्रमणमा दुई जना घाइते भएका छन् । 

पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । करिब १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया