Listen LIVE

उत्पादनदेखि बजारीकरणसम्म खजुराको कृषी नीति

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ नीतिमा कृषि उत्पादनदेखि बजारीकरणसम्मको लिएको छ । कृषि उत्पादनमा आत्मनिर्भरको अवस्थामा रहेको खजुराले उत्पादन गरेका कृषि बस्तुलाई खजुरामै विक्रि गर्ने र अन्य शहरसम्म पुगाउन आवश्यक कार्य गर्न निति बनाएरै बजेट विनियोजन गरि काम गर्ने योजना बनाएको हो ।

कृषिको सम्भाव्यता अध्ययन गरि बनाइएको योजनालाई वडा स्तरसम्मका प्राथमिकीकरणमा रहेका बाली तथा तरकारी पकेट उत्पादनदेखि बजारीकरण गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए ।

कषि क्षेत्रलाई प्रतिस्पर्धी र उत्पादन मुखी बनाउन कषि सडक, विद्युतिकरण, सिचाई, हाट बजार, संकलन केन्द्र र प्रशोधन केन्द्र निर्माण र व्यवस्थापन गर्न तर्फ पालिका सरकार अघि बढ्ने अध्यक्ष विकले जनाए । प्रविधिको प्रयोगद्वारा अर्गानिक तरकारी उत्पादनलाई प्राथमिकता दिदै आइपिएम कृषक पाठशाला र सिकाई केन्द्र विस्तार गरि उनिहरुलाई आवश्यक कृषि सामाग्री उपलब्ध गराइन गरि नीतिमा उल्लेख गरिएको छ ।  

पोषण बगैचा निर्माण कार्यक्रम वी–ग्रुपसँंग सहकार्य गर्दै पोषण युक्त अर्गानिक तरकारी करेसाबारी सञ्चालनलाई निरन्तरता दिनको साथै विस्तार गरिने योजना नितिमा उल्लेख गरिएको खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले जनाए । खेतियोग्य जमिन बाँझो राख्ने किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्न योजना बनेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

जमिन बाँझो राख्ने किसानको डाटा तयार गरि आवश्यक पहल समेत गरिने पालिकाले जनाएको छ । जसका लागि प्रत्येक गाउँमा कृषक समुह बनाई परिचालन गरिने कृषि शाखा प्रमुख भगवति खड्का घर्तिमगरले बताइन् । किसानलाई यतिकै अनुदान नदिएर जसले उत्पादन गर्छ उसैले मुल्याङ्कनका आधारमा अनुदान पाउने गरि व्यवस्था मिलाइने खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताइन् ।

उपाध्यक्ष मल्लले यसका लागि नीति बनाएरै काम गर्ने जनाइन् ।  दुध, अण्डा, माछामा आत्मनिर्भर भई व्यवसायिकरण र बजारीकरण गर्न उपयुक्त पहल र बजेटको व्यवस्थापन गरिने अध्यक्ष विकले जनाए । पशुपंक्षी उत्पादनलाई प्रोत्साहन गर्न पशुपंक्षी सम्भाव्यता अध्ययन योजनालाई कार्यान्वयन गर्न पहल गरिने निति पालिकाले लिएको छ ।

पशपंक्षी फार्म तथा कृषकहरूलाई आवश्यक दाना तथा घाँसको विउ वितरण गरिने जसले उत्पादनमा वृद्धि ल्याउने विस्वास लिइएको कृषि शाखा प्रमुख खड्काले जनाइन् । पशुनश्ल सुधारको लागि भइरहेको निःशुल्क कृत्रिम गर्भाधानलाई निरन्तरता दिने समेत पालिकाले नितिमा उल्लेख गरेको छ । पशु सेवा शाखा र मातहतका सेवा केन्द्रहरूबाट अति आवश्यक र आकस्मिक प्रकृतिका आधारभुत औषधिहरू कृषकलाई निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइनेछ ।

खजुरामा कृषकहरूले उत्पादन गरेका पशुहरूको खरिद बिक्री तथा बजारीकरण गर्न पशु हाट बजार उपयुक्त समयमा आयोजना गरिने भएको छ । पशु पंक्षीहरूको स्वास्थ्य परिक्षण तथा उपचार गर्न घरदैलो शिबिरहरूलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

दुध उत्पादन गनें कृषक, कृषकसमुह र विशेष गरि सहकारीलाई पनिर छुर्पि बनाउने तालिमका साथै आबश्यक मेशनरी औजार उपलब्ध गराइने गरि नीतिमै उल्लेख गरिएको शाखा प्रमुख खड्काले जनाइन् । उत्पादित सामग्री खेर जान नदिन शीत भण्डारलाई पुर्णता दिइनुपर्नेमा स्थानियलको माग छ ।

कृषि उत्पादनको जोखिम कम गर्न कृषि बीमा र बजार सुनिश्चित् गर्न न्यूनतम समर्थन मूल्य तोकेर नीतिमा समावेस गरिनुपर्नेमा किसानहरुको जोड छ ।

प्रतिक्रिया