नेपालगञ्ज : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन बुधबार नेपालगञ्ज पुगेको छ ।
पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरु नेपालगन्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । बुधबार बिहान अध्यक्षसहितका नेताहरु नेपालगञ्ज पुगेका हुन् ।
अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगन्ज पुगेको हो ।
आज बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदैछ । दिउँसोदेखि सुरु हुने अधिवेशनको अध्यक्ष यादवले उदघाटन गर्ने कार्यक्रम छ । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।
यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि २२ गते गुलरियामा हुँदैछ । २३ गते बिहीबार जसपा नेपाल कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तय भएको छ ।
यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ । जसपा नेपाल अहिले देशव्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार