नेपालगञ्ज : राप्ती नदीमा बगेकी बाँकेको नरैनापुर ६ कि एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाका अनुसार नरैनापुर ६ चौबिस बिघा निवासी शेषरानी यादव राप्ती नदीमा बगेको जानकारी आएपछि तत्काल गएर सकुशल उद्धार गरिएको हो ।
महिला बगेको जानकारी आएलगत्तै भगवानपुर ईलाका प्रहरी कार्यालय र बिओपी गंगापुरबाट गएको सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा पसेर महिलाको सकुशल उद्धार गरेको प्रहरी निरीक्षक कोईरालाले बताए । उनले उद्धर कार्यमा स्थानीय बासिन्दाको पनि सहयोग रहेको जनाउँदै उद्धार गरिएकी महिलाको उपचार भइरहेको जानकारी दिए ।
वर्षाको समय भएकोले राप्ती नदी र अन्य खोलाहरुमा अहिले बाढी आउने भएकोले नदीमा नजान तटीय क्षेत्रका सर्वसाधारणसंग पटक पटक विभिन्न माध्यमबाट अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार