काठमाण्डौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी पुनर्संरचना गर्नुपर्ने बताएका छन्।
नयाँ पुस्ताले नरुचाएको भन्दै उनले गलत कामलाई सच्याउँदै कांग्रेस शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
‘हामीले चुनावमा सबैभन्दा धेरै मत प्राप्त ग¥यौं। तर मत प्राप्त गर्ने र विश्वास पाउने कुरा फरक रहेछ।’ एक भिडियो सन्देशमा उनले भने, ‘नागरिकको विश्वास किन टुट्यो यसको समीक्षा गर्नुपर्छ। नौजवानले हामीलाई पत्यानन्, के कारणले हो भन्ने उत्तर खोज्न पर्छ।’
उनले एक दुई दिनमै पार्टी केन्द्रीय समितिको भर्चुअल मिटिङ राख्ने र परिस्थिति सामान्य भएपछि देशैभरी भ्रमणमा निस्कने बताए।
उनले भौतिक क्षतिको पुनर्संरचनामा जोडिन पनि कार्यकर्तालाई अपिल गरेका छन्।
2025-09-12