Listen LIVE

प्रदेशको छुट्टै पहिचान बनाउने तयारी : मन्त्री खत्री

नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकारको छुट्टै पहिचान स्थापित गर्न पूर्वाधारको डिजाइन, सूचना प्रणाली र प्रविधिमै सुधार गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्री खत्रीले प्रदेश सरकारका कामलाई जनतामाझ स्पष्टरूपमा पु¥याउन नयाँ ढंगले काम अघि बढाइएको बताएका हुन् ।

उनले प्रदेशका युवालाई एआई प्रविधिसँग जोड्ने उद्देश्यका साथ चालु बजेटमै आवश्यक व्यवस्था गरिएको जानकारी दिए । बजेट वितरणमा क्षेत्रीय सन्तुलन कायम गर्ने नीति अपनाइएको उल्लेख गर्दै विकास आयोजनाको जिम्मेवारी कुन तहको सरकारले पूरा गरेको हो भन्ने अन्योल हटाउन …पूर्वाधार डायरीÚ तयार पार्ने योजना रहेको बताए । सो डायरीमा आयोजना सम्बन्धी विवरण र फोटो फिचर समावेश गरिने तथा प्रदेश अन्तर्गतका कार्यालयले गरेका कामहरू जनतासम्म व्यवस्थित रूपमा पु¥याइने उनले बताए ।

मन्त्री खत्रीका अनुसार प्रदेश सरकारका आयोजना संघीय सरकारका आयोजनाभन्दा फरक पहिचान हुने गरी सूचना बोर्ड, रंग र डिजाइनमा समेत परिवर्तन गर्ने तयारी भइरहेको छ । 'जनतामा प्रदेश सरकारले गरेको कामबारे अझै पनि भ्रम छ । त्यसलाई हटाउन प्रदेशको छुट्टै पहिचान स्थापित गर्ने गरी काम गरिरहेका छौं,' उनले भने । जनताबाट बजेट माग्ने चाप धेरै हुने तर आयोजना सम्पन्न भएपछि त्यसबारे जानकारी अभावका कारण विभिन्न प्रश्न उठ्ने गरेको उल्लेख गरे ।

प्रदेश सरकारले गरेका काम प्रभावकारी रूपमा जनतासम्म पु¥याएर सेवा प्रवाहको अनुभूति दिलाउने र प्रदेश सरकारप्रतिको नकारात्मक भाष्य परिवर्तन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको कामबारे बढी आलोचना हुने गरेको स्वीकार गर्दै मन्त्री खत्रीले ३० लाख रुपैयाँभन्दा कम लागतका आयोजना प्रदेश सरकारले सञ्चालन नगर्ने विषयमा जोड दिइरहेको बताए । साथै मन्त्रालयले व्यवस्थित अनुगमन संयन्त्र बनाएर विकास आयोजनाको नियमित अनुगमनलाई प्रभावकारी बनाइने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया