नेपालगञ्ज : इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको हबका रुपमा नेपालगञ्जमा 'डिजिटल नेपाल' शुभारम्भ भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले डिजिटल नेपालको शनिबार शुभारम्भ गर्दै नेपालगञ्ज व्यवसायिक दृष्टिले सकारात्मक गतिमा अगाडि बढिरहेको बताए । मेयर विष्टले यसखालका ठूला लगानीमा सञ्चालनमा आउने शोरुमहरुका कारण नेपालगञ्ज बाहिर उपभोक्ताहरु जानु नपर्ने सुविधा उपलब्ध हुँदै आएको बताए ।
अडानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खान अभिभावकत्वमा युवा उद्यमी जरिफ खानले सञ्चालनमा ल्याएको डिजिटल नेपालमा जुनसुकै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री उपलब्ध हुने सञ्चालकले जानकारी दिएका छन् ।
५ सय देखि ५ लाखसम्मका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री शुलभ मूल्यमा उपलब्ध हुने डिजिटल नेपालका प्रबन्ध निर्देशक जरिफ खानले बताए ।
2026-07-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार