Listen LIVE

१०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर २ देखि ९ गतेसम्म  हुने १० औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ। 

युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो। 

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामाग्री, व्यवस्थपकीय पक्ष, १० औँ राष्ट्रिय खेलकुदमा लागु हुने नीतिनियमबारे छलफल गरिएको हो। 

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य समेत गर्नेछ। 

प्रतियोगिताको मुख्य आयोजनास्थल सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको कर्णाली खेलकुद विकास समितिले जनाएको छ ।

यो पटक ३६ वटा खेल सञ्चालन गरिँदैछ । जसमध्ये  कर्णालीमा २४ खेल खेलाउने तयारी भएको छ ।

यसअघि नै दशौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ। लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ । मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा छ ।

प्रतिक्रिया