बर्दिया : मधुवन नगरपालिका–६ स्थित महिला जागृति सामुदायिक वनमा मृत अवस्थामा एक वयस्क चितुवा फेला परेको छ । शरीरका अंग कुहिएकोले भाले वा पोथी छुट्याउन नसकिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उक्त चितुवा प्राकृतिक कारणले मृत्यु भएको पाइएको वरिष्ठ सहायक वन अधिकृत रामगोपाल चौधरीले बताए । वनमा लामो समयदेखि चितुवा मरे पनि आइतबार मात्र डिभिजन वन कार्यालयलाई सामुदायिक वनले जानकारी गराएको थियो ।
आर्थिक वर्ष ०८१/०८२ मा चितुवाबाट ४, जंगली हात्ती र गैँडाबाट २ जनाको मृत्यु भइसकेको छ । आव ०८२/०८३ मा चितुवाबाट ८ जनाको मृत्यु भएको थियो ।
सोही अवधिमा पाटेबाघबाट २ जना र १ जना हात्तीबाट मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । सो अवधिमा ६ वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिएको थियो । दुई वर्षयता ६ वटा चितुवा प्राकृतिक कारणले मृत्यु भएको उनले जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार