Listen LIVE

विरोधकाबिच संसद बैठक शुरु

काठमाण्डौ : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो ।  

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध जनाएका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका थिए ।

प्रतिक्रिया