काठमाण्डौ : नेपाल चिकित्सक संघले नयाँ वर्ष २०८२ को पहिलो दिन वाकाथन गरेको छ। संघले डा किशोर खत्रीको संयोजनमा माइतीघरदेखि बिजुलीबजार हुँदै पुनः माइतीघरसम्म वाकाथन गरेको हो।
’स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाइ हाम्रो साधना’ भन्ने नारा साथ वाकथन गरिएको हो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ।
वाकाथनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अभिनेता राजेश हमालसहित चिकित्सक तथा स्वास्थ्य क्षेत्रकाका साथै अन्य विभिन्न पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो।
2025-04-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार