Listen LIVE

नेपाल ज्योतिष परिषद् बाँकेको अध्यक्षमा विशेश्वर जैशी

नेपालगञ्ज : नेपाल ज्योतिष परिषद् बाँकेको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विशेश्वर जैशीको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा फणिन्द्र आचार्य, नौलोराज काफ्ले र सुर्जा सुनारलाई चयन गरेको छ । यस्तै सचिवमा चन्द्रऋषि उपाध्याय, सहसचिवमा तिलक बहादुर केसी र बामदेव दहाललाई सर्वसम्मतरुपमा चयन गरिएको छ ।

यसैगरी कोषाध्यक्षमा ज्योतिकुमारी गुरुङ र सहकोषाध्यक्षमा प्रमप्रसाद आचार्य चयन भएका छन् ।

सदस्यमा कृष्णप्रसाद पौडेल, लक्ष्मण सुवेदी, प्रकाश न्योपाने, टिका चन्द्र सिँह, हिमाल पंगाली, भुपेन्द्र खड्का, नरेन्द्र सोनी, चक्रप्रसाद उपाध्याय, भुवाने दमाई, गोविन्दप्रसाद ढकाल, उषा विसी रिजाल, रञ्जु पाण्डे र तुलसा शाह चयन भएको प्रमुख निर्वाचन अधिकृत ठाकुरप्रसाद देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया