Listen LIVE

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

दाङ : लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा एमालेबाट लिला गिरी बन्ने भएका छन् ।लुम्बिनीका बर्तमान मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा पदमुक्त हुने पक्कापक्की भएपछि गिरी मुख्यमन्त्री हुन लागेका हुन् ।

एमालेका गिरी नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । कांग्रेस र एमालेको नयाँ  सत्ता समीकरण अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने सहमति अनुसार लुम्बिनी एमाले संंसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा अगाडि सारिएको हो ।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीको आह्वान भएपछि गिरीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र एमालेले संंयुक्त रुपमा दाबी पेस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया