Listen LIVE

एनपिएल ‘विजेता ट्रफी’ उत्सव यात्रा बागेश्वरी मन्दिरबाट शुरु

नेपालगञ्ज : नेपाल प्रिमियर लिग (एनपिएल)को ‘विजेता ट्रफी’ उत्सव यात्रा नेपालगञ्जस्थित बागेश्वरी मन्दिरबाट शुरु भएको छ । विजेता टिम लुम्बिनी लायन्सले बागेश्वरी मन्दिरमा आज बिहान पूजा अर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा शुरु गरेको हो ।

त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । तत्पश्चात् नगर परिक्रमा गराई स्थानीय मङ्गल प्रसाद मावि प्राङ्गणमा ट्रफी राखेर बर्दियातर्फ लगिएको छ । बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुनेछ ।

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो ।

प्रतिक्रिया