Listen LIVE

दुर्गा मूर्ति विसर्जनमा ६ हजारलाई निःशुल्क पानी वितरण

नेपालगञ्ज : बाँकेमा स्थापना गरिएको दुर्गा माताको मूर्ति विसर्जनका क्रममा डुडुवा गाउँपालिका–५ स्थित मिलनचोकमा दर्शनार्थी तथा विसर्जनमा सहभागी भक्तजनहरूलाई निःशुल्क पानी वितरण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

मूर्ति विसर्जन कार्यक्रममा सहभागी भएका भक्तजन तथा दर्शनार्थीलाई सहजता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवाबाट करिब ६ हजार जनाले निःशुल्क पानी प्राप्त गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले पानी वितरण कार्यक्रम सञ्चालन गरिएको हो । निःशुल्क पानी वितरण कार्यक्रम पश्चात सामूहिक रूपमा त्यस क्षेत्रमा सरसफाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त सामाजिक सेवामूलक कार्यमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक बर्मा, डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र, नेकपा एमाले डुडुवा गाउँपालिका अध्यक्ष महेश कुमार चौधरी, एमाले वडा नं. ४ का अध्यक्ष जामिर अलि अन्सारी तथा सामाजिक अगुवा कर्ताराम यादव लगायतले विशेष सहयोग गरेका थिए ।

मूर्ति विसर्जनमा सहभागी भक्तजनलाई लक्षित गरी गरिएको निःशुल्क पानी वितरणले धार्मिक कार्यक्रममा सहभागी सर्वसाधारणलाई राहत पुगेको छ ।

यस्ता सामाजिक तथा सेवामूलक कार्यले स्थानीय समुदायमा आपसी सहयोग, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया