सुर्खेत : सुर्खेतमा गाडीको ठक्करबाट दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको मृत्यु भएको छ ।
शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
2025-12-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार