रुपन्देही : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको लागि प्रयास भइरहेको बताएका छन् ।
लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नको लागी आफूले प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर नागरिक उड्डयन प्राधिकरणसम्म छलफल गरेको बताए ।
आचार्यले भने, “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा व्यवसायिहरुको अरबौँ लगानी भएको छ, प्रदेश सरकारले मनन र आत्मसाथ गरेको छ । विमानस्थल चलाउनको लागी प्रदेश सरकार गम्भीर रहेको छ, सङ्घीय सरकार सँग छलफल गरिरहेका छौँ” । आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न अपरिहार्य रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै आचार्यले अहिले समाजमा कतिपय अवस्थामा सञ्चारहरू फितलो ढङ्गले अघि बढेको प्रदेश सरकारले महसुस गरिरहेका बताए । सञ्चार क्षेत्र मुलुकमा अराजकता र तरल अवस्थामा धकेल्न तर्फ उद्धत भएर लाग्न नहुने बताउँदै राष्ट्र र जनताको पक्षमा अघि बढ्न आवश्यक रहेको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार