Listen LIVE

नौबस्ता बाल सुधारगृहबाट फरार एक जना पक्राउ

नेपालगञ्ज : कोहलपुर प्रहरीले जेनजी आन्दोलनका क्रममा भागेका फरार बालबन्दीलाई पक्राउ गरेको छ । 

गत भदौ २४ गते बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका २० वर्षीय बालबन्दी विकास परियारलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

जबरजस्ती करणी मुद्दामा ८ वर्षको कैद सजाय पाएर नौवस्ता बाल सुधारगृहमा रहेका बैजनाथ गाउँपालिका–४ का परियारलाई लुकिछिपी बस्दै आएको अवस्था इलाका प्रहरी कार्यालयको टोलए बैजनाथबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बालबन्दी परियारलाई आबश्यक कैद भुक्तानका लागि नौवस्ता बाल सुधारगृहमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया