नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालमै पहिलोपटक नवजात शिशुको निःशुल्क सिकलसेल जाँच शुरु भएको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (बायो–रेड भेरियन्ट एनबीएस सिस्टम) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा शुरु गरिएको हो ।
‘नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भएन÷भएको पुष्टि गर्न सकिन्छ,’ उनले भने, ‘साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथी भए–नभएको थप पुष्टि सकिने छ ।’
सह–प्रा.डा.पाण्डे सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धि मिलेको बताउँछन् । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमुना भारत पठाउनुपर्ने बाध्यता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार