सल्यान : सल्यानमा एक वृद्ध घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, गतेर्ना निवासी अन्दाजी ८० वर्षका कर्णबहादुर बोहरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार शारीरिकरूपमा केही अशक्त रहेका बोहरा शुक्रबार बेलुकी एक आफन्तसँग मदिरा सेवन तथा खाना खाई सुतेका थिए । उनी सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार बोहराका चार जना छोरा रोजगारीका लागि भारतमा रहेकाले उनी छोरा र नातिनी बुहारीसँग बस्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2026-01-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार