Listen LIVE

बाँकेमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–१ बागखोरस्थित तिलकन्या खोलामा ग्यास बोकेको ट्याङ्कर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भारत उत्तर प्रदेशका ४४ वर्षीय देबेन्द्र पालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, राप्ती सोनारी गाउँपालिका–९ सिमलचोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ३६ वर्षीया हरिकला वलीको नेपालगञ्जस्थित संजीवनी मेडिकल कलेज अफ साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया