काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गरेका छन् ।
इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालसँग भेट गर्दै उनले भदौ १० गतेको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै दिवङ्गतप्रति समवेदना प्रकट गरेका हुन् ।
प्रधानमन्त्री सरिफ आफ्ना सहयोगीसहित नेपाली दूतावास पुगेका थिए । यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
2026-09-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार