Listen LIVE

माटो अभावले कुम्हारको पेशा सङ्कटमा

नेपालगञ्ज : माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका बाँके जिल्लाका रैथाने कुम्हार समुदायले बर्सौंदेखि व्यावसायिकरूपमा प्रयोग गर्दै आएको माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको छ ।

माटो अभावले माग अनुसारका भाँडा बनाउन नसकेपछि कुम्हार समुदायको पुख्र्र्यौली पेसा नै सङ्कटमा परेको हो । यो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै फुलटेक्रा तालबाट माटो उत्खनन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेको छ । तराई कुम्हार समाज नेपाल बाँकेका अध्यक्ष रमेशचन्द्र कुमालले तत्काल माटोको व्यवस्था नगरिए समुदायलाई पेट पाल्नसमेत समस्या हुने बताए। 

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख विष्टले माटो उत्खननसम्बन्धी आवश्यक नियम बनाई समस्याको दीर्घकालीन समाधान गर्ने आश्वासन दिनुभएको छ । यहाँको माटोबाट बनेका भाँडा अत्यन्तै बलिया र गुणस्तरीय हुने भएकाले जुम्ला, हुम्ला, सल्यान र जाजरकोटसम्म निर्यात हुने गरेको बताइएको छ ।

तराई कुम्हार समाज नेपालका अनुसार हाल बाँके जिल्लाका करिब ५० गाउँका १७० देखि १८० घरधुरी पूर्ण वा आंशिकरूपमा यसै माटोको काममा आश्रित छन् ।

प्रतिक्रिया