काठमाण्डौ : आइतबार पूर्व राजाको समर्थनमा आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पक्राउ परेका छन् । काठमाडौँ केन्द्रित आन्दोलनको चौथो दिन नक्सालमा भएको आन्दोलनका क्रममा कमल थापासहितका नेता पक्राउ परेका हुन् । थापासहित २२ जना आन्दोलकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्रपाले देश बचाउन र देशब बनाउन भन्दै पूर्व राजाको समर्थनमा आन्दोलन गर्दै आएको छ ।
निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेतालाई नियन्त्रणमा लिएको हो । उनलाई घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको थियो । त्यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरेका थिए ।
पक्राउ परेका थापालाई काठमाडौं उपत्यका प्रहरी परिसर भद्रकालीमा राखिएको छ भने अन्य २१ जनालाई मालिगाउँ प्रहरी बिटमा राखिएको बताइएको छ । प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हाल्ने क्रममा उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । गत जेठ १५ गते गणतन्त्र स्थापना दिवसको दिनदेखि राजावादीहरुले आन्दोलन थालेका छन् ।
नेपाल राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने, संघीयता खारेजी हुनुपर्नेलगायतका मागहरु राजावादीहरुको रहेको छ । राजसंस्था पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार