Listen LIVE

ठक्करबाट शिक्षिकाको ज्यान गयो

प्युठान : प्युठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–४, खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।

घरनजिकै लु. १ ख. ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाइते गिरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । गिरी अन्धनासक माध्यमिक विद्यालय लिघामा शिक्षिका थिइन् ।

प्रतिक्रिया