Listen LIVE

वरिष्ठ उपाध्यक्ष प्रेम केसी प्रेस युनियनको कार्यवाहक अध्यक्ष

नेपालगञ्ज : नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

युनियनका अध्यक्ष शिव लम्साल पत्रकारिता सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जान लागेकाले २०८२ माघ १० गतेदेखि स्वदेश नफर्किँदासम्मका लागि केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

नेपाल प्रेस युनियनको विधान–२०४८ (छैठौँ संशोधन–२०७९) अनुसार संगठनका सम्पूर्ण सांगठनिक गतिविधि तथा नियमित कामकारबाही व्यवस्थित रूपमा अघि बढाइने विश्वास अध्यक्ष लम्सालले व्यक्त गरेका छन् ।

कार्यवाहक अध्यक्षको रूपमा पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने विश्वासका साथ केसीलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया