नयाँ दिल्ली (भारत) : भारतको पुणे शहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार, प्रहरी नायब उपरिक्षक कदमका अनुसार साँझ ५ः४५ बजे फलाम बोकेको ट्रक मुम्बईतर्फ गइरहेको थियो । “भूमकर पुल नजिकै ’सेल्फी पोइन्ट’ पुग्ने बित्तिकै ट्रक चालकले नियन्त्रण गुमाए र ट्रक धेरै सवारी साधनहरूसँग ठोक्कियो“, कदमले भने, “दुर्घटनामा दुई ट्रक, कार, एउटा मिनीबस र दुई पाङ्ग्रे सवारी साधनसहित जम्मा १३ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।“
यसैगरी, मृत्यु हुनेहरूमा ट्रक चालकसहित आठ जना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्तै, प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो । दुर्घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार