काठमाण्डौ : माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ -एन्फा)ले एक कार्यक्रमकाबीच बिदाइ गरेको छ।
आगामी अप्रिल ८ तारिखसम्म साफ यू–२० च्याम्पियनसिपको तेस्रो संस्करण माल्दिभ्सको मालेमा आयोजना हुँदै छ। सन् २०२४ को संस्करणमा फाइनलमा पुगेर पराजित भएको नेपाली टोली यसपटक उपाधि जित्ने लक्ष्यमा छ।
मालेमा हुने च्याम्पियनसिपमा कुल सात राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। समूह …एÚमा रहेको नेपालको समूहमा भुटान, श्रीलंका र आयोजक माल्दिभ्स रहेका छन् भने समूह …बीÚमा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
च्याम्पियनसिपका लागि नेपाली युवा टोलीले करिब एक महिनादेखि तयारी गरेको छ। समूह चरण सहज भए पनि बलिया दुई राष्ट्र भारत र बंगलादेशमध्ये एउटा टोलीलाई नेपालले सेमिफाइनलमा नै प्रतिद्वन्द्वी पाउनेछ। तर, यसपल्ट दुवै टोलीलाई हराउनेमा नेपाली युवा टोली आशावादी छ।
नेपाली टोलीमा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराउँ, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निसानराज लावत, पवन पाख्रिन, पेम्बा नोर्बुभोटे, प्रशान्त मोक्तान, प्रशुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार