Listen LIVE

नौबस्ता कारागारका कैदीबन्दीको बाढिपीडितलाई सहयोग

नेपालगञ्ज :  कारागार कार्यालय नौबस्ता, बाँकेका कैदी बन्दीले विपद्का कारण प्रभावित तथा समस्यामा परेका व्यक्तिहरूलाई आर्थिक सहयोग उपलब्ध गराएका  छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार, कैदी बन्दीहरुका तर्फबाट रसुवाको भोटेकोशीमा बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । कैदी बन्दीले कारागार प्रशासन मार्फत पीडित परिवारलाई राहत स्वरूप आवश्यक सहयोग उपलब्ध गराइएको हो ।

कारागार कार्यालयको …बीÚ ब्लकमा रहेका चार सय ६६ बन्दीहरूबाट स्वेच्छिक रूपमा ४९ हजार पाच सय १० रुपैयाँ  रकम संकलन गरी सम्बन्धित पीडितलाई राहतस्वरूप प्रधानमन्त्री बिपद राहत कोषमा सहयोग गर्ने व्यवस्था गरिएको  कारागार प्रशासक दल बहादुर बस्नेतले जानकारी दिए ।

विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै पीडित तथा प्रभावितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया