Listen LIVE

संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : कांग्रेस

काठमाण्डौ : नेपाली कांग्रेसले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ। 

सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए।

उनले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताए। उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताए। प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए। उनले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पारे।  

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ। प्रवक्ता महतले पार्टीको केन्द्रीय कमिटीको बैठक छिटै बस्ने जानकारी दिए। उक्त बैठकमा गणतन्त्र, समावेशीता लगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रुपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा छलफल गरिने उनले बताए। 

आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए।

प्रतिक्रिया