Listen LIVE

माइती नेपालद्वारा वार्षिक प्रतिवेदन सार्बजनिक

नेपालगञ्ज : माइती नेपाल नेपालगञ्जले आफ्नो वार्षिक प्रतिवेदन सार्बजनिक गरेको छ । माइती नेपालले सन २०२५ भरी गरेका कामको प्रतिवेदन बुधबार औपचारिक कार्यक्रमका बीच सार्बजनिक गरेको हो ।

माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले प्रतिवेदन सार्बजनिक गरे । उनका अनुसार सन २०२५ मा भारतका विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ ।

यस्तै खोज तलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेका छन । माइती नेपालले जोखिमपुर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्वार गरेको छ ।

प्रतिवेदन अनुसार सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको देखिन्छ।

उक्त अवधिमा सीमाबाट ठूलो संख्यामा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गरिएको छ। साथै, हराइरहेका व्यक्ति खोजी तथा पारिवारिक पुनर्मिलनका घटनाहरू पनि निरन्तर बढ्दै गएको तथ्यांकले देखाउँछ।

त्यसैगरी, घरेलु हिंसा, लैङ्गिक हिंसा तथा अन्य सामाजिक अपराध सम्बन्धी उजुरीहरूमा परामर्श, मुद्दा दर्ता र समाधान प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइएको माइती नेपालले जनाएको छ। 

माइती नेपालले आगामी दिनमा पनि सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र सामाजिक पुनस्र्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया