Listen LIVE

रेडक्रसका कोषाध्यक्षद्वारा बाँके शाखाको अनुगमन

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाके शाखाका पदाधिकारी र कर्मचारीहरुसंग भेटघाट गरेका छन् ।

गत मङ्गलबार बसेको मन्त्रि परिषद्को बैठकको निर्णयले नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको तदर्थ समितिको कोषाध्यक्ष पदमा प्रेमसागर कर्माचार्य मनोनित भएका थिए । मनोनित भएको पहिलो पटक प्रेमसागर कर्माचार्य नेपालगञ्ज आएर भेंटघाट गरेका छन् । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले नेरेसो बाँके शाखा र नेपाल रेडक्रस सोसाइटी बाके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रको निरिक्षणका साथै कर्मचारीसँग भेंटघाट गरेका हुन् । उनले अवलोकनका क्रममा बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, रक्तसंचार सेवा समितिका संयोजक राजकुमार वर्मा र कर्मचारीहरुसंग समय सान्र्दिभक विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया