एजेन्सी : अमेरिकी केन्द्रीय कमान्ड (यूएससेन्टकम) ले जारी गरेको विज्ञप्तिमा सिरियामा इस्लामिक स्टेट (आईएस) को एकल बन्दुकधारीद्वारा गरिएको आक्रमणमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक मारिएको जनाएको छ।
आक्रमणमा अन्य ३ जना अमेरिकी सैनिक घाइते भएका छन्। बन्दुकधारीलाई नियन्त्रणमा लिएर मारिएको छ। परिवारको सम्मान र रक्षा मन्त्रालयको नीतिअनुसार मारिएका सैनिकहरूको नाम २४ घण्टासम्म गोप्य राखिनेछ।
जबसम्म उनीहरूका नातेदारलाई जानकारी गराइसकिएको हुँदैन। यसअघि शनिवार नै सिरियाको सरकारी समाचार एजेन्सी सानाले मध्य सिरियाको पाल्मिरा शहर नजिकै सिरियाली सुरक्षा फौज र अमेरिकी सेनाको संयुक्त गस्तीमाथि गोली प्रहार भएको जनाएको थियो।
सानाकाअनुसार उक्त घटनामा २ जना सिरियाली सुरक्षा कर्मी र केही अमेरिकी कर्मचारी घाइते भएका थिए भने आक्रमणकारी मारिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो आक्रमणको पुष्टि गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार