Listen LIVE

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा प्रवेश

काठमाण्डौ : ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आज बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो।

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ। अर्को खेलमा अर्जेन्टिनाले क्यानडासँग खेल्नेछ। 

प्रतिक्रिया