काठमाण्डौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छन् ।
आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न पनि आवश्यक रहेको बताइन् ।
उनले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताइन् ।
जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलको शक्ति बलियो हुने उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार