नेपालगञ्ज : बाँकेमा करिब तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि र आधुनिक फिटनेस उपकरणसहित 'एम.आर. गुरु फिटनेस' सञ्चालनमा आउने भएको छ ।
स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना र शारीरिक व्यायामको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन लागिएको फिटनेस सेन्टरले एकैपटक करिब १५० जनालाई सेवा दिन सक्ने क्षमता राख्ने जनाएको छ ।
सञ्चालक मोहित गुप्ताका अनुसार सेन्टरमा अत्याधुनिक फिटनेस उपकरणका साथै सदस्यको शारीरिक अवस्था, आवश्यकता र लक्ष्यअनुसार वैज्ञानिक ढङ्गले प्रशिक्षण प्रदान गरिनेछ । तौल व्यवस्थापन, शारीरिक क्षमता अभिवृद्धि तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले सेवा सञ्चालन गरिने उनले बताए ।
फिटनेस सेन्टरमा महिला र पुरुष दुवैका लागि सुरक्षित, सहज र मर्यादित वातावरण सुनिश्चित गरिने जनाइएको छ । युवापुस्तालाई व्यायाम, खेलकुद र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्दै अनुशासन र सकारात्मक सोचको विकासमा पनि यसले योगदान पु¥याउने विश्वास सञ्चालक गुप्ताले व्यक्त गरे ।
'फिट रहौँ, स्वस्थ रहौँ र आत्मविश्वासी बनौँ' भन्ने नारासहित सञ्चालनमा आउन लागेको 'एम.आर. गुरु फिटनेस'ले बाँकेमा फिटनेस संस्कृतिलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार