Listen LIVE

लुम्बिनी प्रदेशसभा सदस्य खत्रीको खण्डन

नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक बिकास मन्त्री  रत्न खत्रीले आफनो नाम जोडेर केही अनलाईन सञ्चार माध्यममा प्रकाशित र प्रशारित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

यातायात ब्यवस्था कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा आफुलाई पनि छानबिनको दायरामा परेको भन्दै प्रकाशित समाचारमा कुनैपनि प्रकारको  सत्यतता नभएको खत्रीले दाबी गरे । यो समाचार पूर्णरुपमा  तथ्यहिन, निराधार र प्रतिसोधपूर्ण रहेको खत्रीको भनाई छ । आफ्नो ब्यक्तिगत र राजनीतिक छवीलाई बदनाम गर्न नियोजित र उद्देश्यपूर्णरुपमा फैलाइएको समाचारको कुनैपनि सत्यता नभएकाले बिश्वासमा नपर्न सबैमा अपिल गरेका छन् ।

राजनीतिक जीवनमा सधै पारदर्शिता, जवाफदेहिता र कानूनी मर्यदालाई प्राथमिकता दिएको र सदन तथा सार्बजनिक फोरममा यातायात ब्यवस्था कार्यालय सुधारका लागि आफुले सधै जोड दिएको स्मरण गरेका छन् ।  खत्रीले गलत नियतका साथ आफुले कहिँकतैबाट एक रुपैयाँ पनि लाभ लिएको पुष्टि गर्न चुनौंती दिदै आम नागरिकमा कुनैपनि भ्रामक प्रचारबाट बिचलित नहुन आग्रह गरे ।

प्रतिक्रिया