Listen LIVE

नेपालगञ्ज भन्सारको ब्यारियर २४ घण्टा खुला हुने

नेपालगञ्ज : नेपालगञ्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगञ्ज भन्सार कार्यालय अगाडिको ब्यारियल अबदेखि २४ घण्टा खुला हुने भएको छ । 

राति १० बजेपछि ब्यारियल बन्द हुँदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातको समयमा आवागमन गर्न सास्ती खेप्नु परेको गुनासो आएको थियो । स्थानीयले गुनासो गरेपछि ब्यारियल खुला राख्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनले नागरिकको गुनासोपछि जिल्लाका सुरक्षा निकायका प्रमुखसहित भन्सार कार्यालयका प्रमुख समेतको उपस्थितिमा सो ब्यारियल लगायत नाकाको निरीक्षण गरिएपछि उक्त ब्यारियल २४ घण्टा खुला राख्ने निर्णयमा पुगेको बताए ।

स्थानीय प्रशासनले निर्णय गरेपनि कार्यान्वयनका लागि समय लाग्नेछ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले निर्णय भन्सार विभागलाई जानकारी गराइसकेको र अनुमति प्राप्त हुने बित्तिकै कार्यान्वयन हुने बताए । 

प्रतिक्रिया