Listen LIVE

भेरी अस्पतालमा फिजियोथेरापी सेवा लिने बिरामीको संख्या बढ्दै

नेपालगञ्ज : भेरी अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएपछि सो सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेसँगै हाडजोर्नी तथा नशासम्बन्धी समस्याका बिरामीलाई सहज उपचार सुविधा मिलेको जनाएको छ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले थेरापी सेवा विस्तारको प्रशंसा गर्दै आफ्ना छोराको मोटरसाइकल दुर्घटनापछि भएको शल्यक्रियापछि थेरापी सेवा सुलभ रूपमा पाएकोमा खुसी व्यक्त गरे। उनले न्युन शुल्कमा सेवा उपलब्ध भएको र जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए। साथै, गाउँपालिकामा पनि सो सेवा विस्तार गर्न कार्यपालिकास्तरमा छलफल भइरहेको जानकारी दिए।

भेरी अस्पतालकी फिजियोथेरापिष्ट बिहानी श्रेष्ठका अनुसार सेवा सुरु भएपछि दैनिक ३० देखि ४० जनाले फिजियोथेरापी लिइरहेका छन्। गत आर्थिक वर्ष २०८–८२ को असार मसान्तसम्म ७ हजार ९५० बिरामीले सेवा लिइसकेको उनले जानकारी दिइन्।

फिजियोथेरापी सेवा सुरु भएसँगै हाडजोर्नीको उपचारसँगै नशा च्यापिएको, खुम्चिएको, मासु च्यातिएको लगायत समस्याका बिरामीले समेत उपचार पाउन थालेका छन्।

श्रेष्ठले नेपालगञ्जमा पनि विशेष प्राथमिकताका साथ ‘नेपालगञ्ज फिजियोथेरापी क्लिनिक’ सञ्चालनमा ल्याइएको जानकारी दिइन्। उनका अनुसार फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, लुलो हुने, झमझमाउने, प्यारालाइसिस, अंग नचल्ने बालबालिकासहितका समस्या उपचारमा सहयोग पुग्नेछ।

प्रतिक्रिया