पश्चिम नवलपरासी : पश्चिम नवलपरासी क्षेत्र नं. –१ का ‘हेभीवेट’ उम्मेदवारका रूपमा उद्योगपति एवम् राजनीतिज्ञ विनोद चौधरी चुनावी मैदानमा छन् । भाषणमा भन्दा काममा विश्वास गर्ने दाबीसहित चौधरी, आर्थिक रूपान्तरण र समृद्धिको मार्गचित्रसहित विगतका कामहरूको जगमा पुनः जनताको अनुमोदनका लागि चुनावी मैदानमा उत्रिएको आँकलन गर्न सकिन्छ ।
चौधरी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो कार्यकालमा सुरु गरेका कतिपय महत्त्वपूर्ण कामहरूलाई पूर्णता दिन र यस क्षेत्रको आर्थिक स्वरूप बदल्न आफू पुनः मैदानमा आएको उनले बताए ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उद्योगपति एवम् राजनीतिज्ञ चौधरीले यतिबेला आफूलाई विकासको सम्वाहकका रूपमा प्रस्तुत गरेका छन् । आगामी निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी माहोल तात्तिएको छ ।
चुनावी मैदानमा रहनुभएका चौधरीले यसपटक मुख्यतया पूर्वाधार विकासः यस क्षेत्रमा लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका विभिन्न पूर्वाधार आयोजनाहरूलाई सुचारु गराएको दाबी गर्दै उनले ती योजनाको पूर्णतालाई प्राथमिकता दिएका छन् ।
‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिएका चौधरीले आफ्नो चुनावी अभियानलाई उनले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । विनोद चौधरी भन्छन, “नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु ।’’
आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका कारण चौधरीको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार