Listen LIVE

कोलम्बियासँग बराबरीमा रोकियो ब्राजिल

काठमाण्डौ : कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ। 

आज भएको ग्रुप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।  आज भएको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो। 

अग्रता जोगाउन नसक्दा ब्राजिल समूह उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो।

ब्राजिलका लागि १२औँ मिनेटमा राफिनाले गोल गर्दै अग्रता लिएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँग कोलम्बिया समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ भने ब्राजिल तीन खेलमा पाँच अंकका साथ अन्तिम आठमा पुग्यो।

आजै भएको अर्को खेलमा कोष्टारिकाले पारग्वेलाई २–१ ले पराजित गरे पनि दुवै टोली समूह चरणबाटै बाहिरिए। सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनामाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ।

पहिलो क्वाटरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना र इक्वेडरसँग खेल्दा शनिबार भेनेजुएलाले क्यानडाको सामना गर्नेछ।

प्रतिक्रिया