Listen LIVE

हारबाट जोगियो पुलिस

काठमाण्डौ : पुलिसले राष्ट्रिय लिग २०८२ मा मंगलबार चित्लाङसँग १–१ को बराबरी खेलेर हारबाट जोगिएको छ। हारतर्फ अग्रसर रहेको पुलिसलाई चित्लाङले आत्मघाती गोल उपहार दिएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङले म्याथ्यु बाबाटुन्डेको गोलमार्फत ४१औँ मिनेटमा अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा लच्छुमन रानामगरले आत्मघाती गोल गरेपछि पुलिस एक अंक बटुल्न सफल रह्यो।

यो नतिजापछि चित्लाङको दुई खेलबाट चार अंक भएको छ। पुलिस भने दुई खेलबाट एक अंकमै सीमित रहेको छ। 

प्रतिक्रिया