काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीचको खेल वर्षाका कारण नतिजाविहीन बनेको छ।
कोलकाताको इडेन गार्डेनमा गएराति टस जितेर पहिले ब्याटिङ सुरु गरेको कोलकाताले ३ दशमलब ४ ओभरमा २५ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा भारी वर्षा भएपछि खेल अगाडि बढ्न सकेन। यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। अंक बाँडिएको खेलबाट पन्जाब किंग्स ३ खेलमा ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति पौने ८ बजे गुवाहाटीको वर्षापारा स्टेडियममा सुरु हुनेछ।
राजस्थान हाल ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहेको छ। आजको खेल दुवै टोलीका लागि तालिकामा आफ्नो स्थिति बलियो बनाउने महत्त्वपूर्ण अवसर हुनेछ।
2026-04-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार