काठमाण्डौ : पोखरामा आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३ बजे हुनेछ। त्यसअघि उदघाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ।
एक दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानसँग खेल्नेछ। त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ। सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। सबै खेल पोखरा रंगशालामा हुनेछन्।
सुमन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोली पछिल्लो दुई सातायता प्रतियोगिताका लागि तयारी गरिरहेको छ। मंगलबार नै अन्तिम २३ सदस्यीय टोलीको घोष्ण भएको छ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु–१६ च्याम्पियनसिप आयोजना गरेको थियो। त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो।
नेपाल माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार