Listen LIVE

ग्यास लुकाउने नेपालगञ्जका ब्यापारीलाई ५० हजार जरिवाना

नेपालगञ्ज : ग्यास लुकाएको आरोपमा नेपालगञ्जका एक किराना पसललाई ५० हजार जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा बजार अनुगमनका क्रममा नेपालगञ्ज–११ स्थित शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो ।

Úग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,Ú उनले भने। सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई रु ५० हजार जरिवाना गरिएको हो।

अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको थियो।बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भएको गुनासो आउन थालेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयतादेखि बजार अनुगमन हुँदै आएको छ।

केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ। उपभोक्ताले हप्तौंदेखी ग्यास पाएका छैनन् । ग्यास नपाउँदा उपभोक्ताहरुमा आक्रोश पैदा भएको छ ।

प्रतिक्रिया