काठमाण्डौ : राजकीय सत्ता र राजनीतिक सत्तामा पटक पटक महत्वपूर्ण जिम्मेवारी समालिसकेका प्रभावशाली नेताबिचको प्रतिस्पर्धा काठमाडौँ क्षेत्र नं. ५ मा निर्वाचनको सरगर्मी निकै रोचक हुँदै छ । पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको नेतृत्व गरिसकेका अनुभवी नेतासँगै जेनजी पुस्ता प्रतिस्पर्धामा उत्रँदा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो र बहस तीव्र भएको छ ।
मतदातामाझ पुग्ने उम्मेदवारले आफू आबद्ध राजनीतिक दल र आफ्ना मुद्दा बुझाउने प्रयत्न गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाका चार वटा, बूढानीलकण्ठ नगरपालिकाका पाँच वटा र टोखा नगरपालिकाका छ वटा वडा रहेको यस क्षेत्रमा मतदाताका अपेक्षा ठाउँ अनुसार फरक छन् । काठमाडौँ महानगरतर्फ सडकसहित भौतिक संरचना, बूढानीलकण्ठतर्फ सडक, ढल निकास, टोखातर्फ सडक, पानीसहित आधारभूत भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा सहुलियत र पहुँच, यातायातका साधन अझै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आदि मुद्दा मतदाताले उठाएका छन् ।
टोखा नगरपालिका वडा नं. २ का ध्रुवनारायण डङ्गोलले राजधानीमै भए पनि टोखाले राज्यको उचित ध्यान नपाएको गुनासो गरे । उनले भने, “यस क्षेत्रमा प्रभावशाली नेताका घर छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्ने, आवाज उठाउने राजनीतिज्ञलाई यो क्षेत्रले पटक पटक जिताएर पठाएको छ । तर विकासमा ध्यान पुगेन, ध्यान दिनुप¥यो नि ! भाषण धेरै भयो, अब काम चाहियो, परिणाम चाहियो ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार