गुल्मी : पत्रकारसँगको मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार टोली विजयी भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा प्रतिष्ठान र पाहुना टोली नेपाल पत्रकार महासङ्घ गुल्मीबिच मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भएको थियो । कलाकार टोलीले पत्रकार टोलीसँग ६९ रनको विजयी हासिल गरेको छ ।
कलाकार टोलीले दिएको १९६ रनको बिशाल लक्ष्य पछ्याएको पत्रकार टोलीले तीन विकेट गुमाउँदै मात्रै १२६ रन बनाउन सक्यो । पत्रकार टोलीबाट सुमन महताराले ३२, सन्तोष महताराले २३ र टोपलाल अर्यालले २० रन बनाए । कलाकार टोलीका बाबुराम पाण्डेले २ र बसन्त खत्रीले १ विकेट ल्याए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कलाकार टोलीले निर्धारित १६ ओभरमा मात्रै ३ विकेट गुमाएर १९५ रन बनायो ।
हिमाल कुँवरले ५५, बाबुराम पाण्डेले ५३ र मोहन बस्नेतले १७ रन बनाए । पत्रकार टोलीका सुमन महताराले दुई विकेट ल्याए । अन्तिम बलमा ३ रन लिने क्रममा लोकन्द्र कुँवर बलर डिबी खड्काबाट रनआउट भएका थिए । इस्मा गाउँपालिका–१ बीपी पार्कस्थित अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानमा सम्पन्न खेलमा इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले खेलको उदघाटन गरेका थिए ।
उनले मैत्रीपूर्ण खेलले मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने र पत्रकार तथा कलाकार टोली यसरी आफूहरूले तयार गरेको मैदानमा आएर खेल्नुले आफूहरूलाई थप हौसला प्रदान गर्ने बताए । सधैं कला र कलम सँगसँगै रहेकोले थप मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार