नेपालगञ्ज : दमयन्ती फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष स्वर्गीय नयन राज रावलको १०औँ वार्षिक पुण्य तिथिको अवसरमा स्थापना गरिएको स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार–२०८३ सन्ध्या गुप्तालाई प्रदान गरिएको छ ।
शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै आज गुप्तालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि १० हजार १ रुपैयाँ रहेको छ ।
गुप्ता मङ्गल प्रसाद नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक रूपमा कार्यरत छिन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको सम्मानस्वरूप पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्व. रावलको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान तथा पुरस्कार प्रत्येक वर्ष उहाँको पुण्य तिथिको अवसरमा प्रदान गरिँदै आएको रावलकी धर्मपत्नी एवम् दमयन्ती फाउन्डेसनका अध्यक्ष इन्दु रावलले बताइन् । रावलले गुप्तालाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गर्नुका साथै नगद पुरस्कार प्रदान गरिन् ।
स्व. रावलको स्मृतिलाई जीवित राख्दै उनले देखाएको असल कर्म र सामाजिक सेवाको बाटोमा अघि बढ्न प्रेरणा लिनुपर्नेमा वक्ताहरूको जोड थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार