Listen LIVE

बर्दिया कारागारका कैदी र थुनुवाको क्षयरोग परीक्षण

बर्दिया : बर्दिया कारागारमा रहेका चार सय ३९ जना कैदी र थुनुवाको क्षयरोग परीक्षण गरिएको छ ।

कैदी र थुनुवाको क्षयरोग निवारण र उपचारका लागि क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको छ । बर्दिया कारागारमा रहेका कैदी र थुनुवाको ए आई एक्स रे विधिबाट क्षयरोगको भए नभएको चेकजाँच गरिएको छ ।

एआइ एक्स रे विधिबाट शङ्कास्पद रुपमा फेला पारिएकालाई पुनः खकार परिक्षण गरिन्छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बर्दिया कारागारका ७१ जना महिला र तीन सय ६८ जना पुरुषको एआई एक्स रे विधिबाट परिक्षण गरिएको छ ।

शङ्कास्पद लागेका १२ जना महिला र ५८ जना पुरुषलाई थप जाँचका लागि बर्दिया अस्पतालमा पठाइएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए । 

उनले क्षयरोग श्वासप्रश्वासको माध्यमले सर्ने सरुवा रोग हो । कारागारमा बस्ने कैदीबन्दी र थुनुवा बन्दी समूहमा बस्ने भएको हुँदा पनि क्षयरोग फैलिन सक्ने हुनाले परिक्षण गरिएको बताए । खकारमा क्षयरोगको कीटाणु भेटिएमा उपचार अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया